ad ad

राजनीति


भारतमा लकडाउन बढाउने मोदीको निर्णय सही छः केजरीवाल

भारतमा लकडाउन बढाउने मोदीको निर्णय सही छः केजरीवाल

नेपालखबर
चैत २९, २०७६ शनिबार ११:३४,

लकडाउनको अवधि यसै अप्रिल १४ मा सम्पन्न हुँदैछ। हालसम्म लकडाउन बढाउने विषयमा भारत सरकारले कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन।

यद्यपी शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउन बढाउने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्ण सही भएको भन्दै ट्वीट गरेका छन्। यससँगै भारतमा लकडाउन अवधि बढ्ने हल्ला चलेको छ।

मोदीले शनिबार विभिन्न राज्यका मुख्यमन्त्रीसँग भिडियो सम्मेलनमार्फत कोरोना प्रभावबारे जानकारी लिएका थिए।

सो क्रममा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मोदीलाई लकडाउन १६ दिन बढाउन सुझाव दिएका थिए।

सरकारले हालसम्म लकडाउन अवधि थप्ने विषयमा अभिव्यक्ति दिएको छैन।

तर केजरीवालले ट्वीटमा भनेका छन्,‘प्रधानमन्त्रीले लकडाउन बढाउने सही निर्णय गर्नु भएको छ। चाँडै लकडाउनको निर्णय गर्नाले हाल भारतको स्थान विकसित मुलुकको भन्दा राम्रो अवस्थामा छ। यदि लकडाउन अन्त्य गरिए यसले हालसम्मको उपलब्धि विलिन हुनेछ। लकडाउन बढाउनु महत्वपूर्ण छ।’

हालसम्म भारतमा ७ हजार ६ सय कोरोना संक्रमित पुष्टि भएका छन्। त्यहाँ २४९ को मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .