ad ad

राजनीति


प्रेस काउन्सिलले सोध्यो ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण

प्रेस काउन्सिलले सोध्यो ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण

नेपालखबर
चैत १९, २०७६ बुधबार ३:८,

प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ (पहिलो संशोधन २०७४) बमोजिम दर्ता/सूचीकरण नभएका १७ वेबपोर्टलले अफवाह फैलाउने किसिमको सामग्री निरन्तर सम्प्रेषण गरेको गुनासो र उजुरीका आधारमा स्पटष्टीकरण सोधिएको काउन्सिलले जनाएको छ।

स्वअनुगमनबाट समेत त्यसको पुष्टि भएको जनाउँदै काउन्सिसले त्यस्ता वेबपोर्टललाई नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने व्यवस्था मिलाइएको जनाएको छ।

कोरोना भाइरस सङ्क्रमणसम्बन्धी समाचार प्रकाशनप्रसारण गरेकै भरमा केही अनलाइन सञ्चारमाध्यमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गराएको भन्ने भनाई सही नभएको काउन्सिलले जनाएको छ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्दे्शिका,२०७३ को दफा ३,उपदफा (४) मा ‘दर्ता नभई अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न पाइनेछैन’ भन्ने उल्लेख रहेको भन्दै काउन्सिलले त्यस्ता प्रचारबाजीको खण्डन गरिएको जनाएको छ।

नेपाल पत्रकार महासंघसमेतको परामर्शमा जारी पत्रकार आचारसंहिता २०७३(पहिलो सम्शोधन ०७६) को दफा ५(१४) मा ‘पत्रकार तथा सञ्चार माध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसङ्ग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोहीकसैका बारेमा पनि सम्प्रेषण गर्न हुँदैन’ भन्ने प्रावधान छ।

नेपालमा दर्ता वा सूचीकृत भएका दुई हजार १७९ अनलाइनको प्रकाशनमा कुनै पनि किसिमको रोक नलगाइएको जनाउँदै काउन्सिलले पटकपटक पत्रकार आचारसंहिता पालनामा सचेत रहन, दर्ता एवं सूचीकरण नभएकाहरुको हकमा नियमानुसार दर्ता एवं सूचीकरणमा आउनसमेत आह्वान गरेको छ।

सबै अनलाइन सञ्चारमाध्यमलाई बन्द गरिएको भन्ने भ्रम सिर्जना गर्न खोजिएको बताउँदै काउन्सिलले हल्लाको पछि नलाग्न र आमसञ्चारमाध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुँदै थप जिम्मेवारीका साथ तथ्यपरक र उत्साहवद्र्धक सामग्री सूचना सम्प्रेषणमा जुट्न पत्रकारलाई पुनःआग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .