संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरसबाट थप दुई नेपाली संक्रमित भएका छन्। योसँगै यूएईमा कोरोना संक्रमित नेपालीको संख्या आठ पुगेको छ।
यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दुई नेपालीसहित ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। तर संक्रमित ८ नेपालीमध्ये २ जना निको भएर आफ्नो काममा फर्किसकेका छन्।
तीमध्ये ३१ जना भारतीय छन्। योसँगै यूएईमा कोरोना संक्रमितको कूल संख्या ६६४ पुगेको छ।
साथै थप एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ६ पुगेको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया