ad ad

समाज


प्रदेश १ मा ४६ नमूना संकलन, ३० जनाको कोरोना नेगेटिभ

प्रदेश १ मा ४६ नमूना संकलन, ३० जनाको कोरोना नेगेटिभ

नेपालखबर
चैत १९, २०७६ बुधबार ३:२४,

प्रदेश १ मा मंगलबारसम्म कोभिड-१९ को आशंकामा ४६ जनाको थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ।

दश महिलासहित ४६ को स्वाब नमूना सङ्कलन गरिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए।

झापाबाट पाँच, मोरङबाट सात, सुनसरीबाट २५, धनकुटाबाट एक, ते¥हथुमबाट दुई, सोलुखुम्बुबाट दुई, उदयपुरबाट एक र पाँचथरबाट तीन जना शंकास्पद कोरोना संक्रमितको नमूना संकलन गरिएको हो। सङकलित नमूनामध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको र १६ को रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता मेहताले जानकारी दिए।

प्रदेशमा मङ्गलबारसम्म चार महिलासहित सात जना आइसोलेसनमा भर्ना भएका छन्। भर्ना हुनेमा सोलुखुम्बुमा एक, उदयपुरमा दुई, पाँचथरमा तीन र ताप्लेजुङमा एक जना छन्।

प्रदेशमा कोभिड-१९ बाट सङ्कमितको उपचारका लागि ३५ अस्पतालमा ३६१ वटा आइसोलेसन शय्या तयारी अवस्थामा राखिएका छन्।

सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रणसम्बन्धी विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ।

मन्त्रालयले व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) २९७ थान, आईआर थर्मामिटर १६ थान, सर्जिकल मास्क २२ हजार १५० थान, ग्लोब्स १८ हजार ५२६ थान, ह्याण्ड सेनिटाइजर ८१८ थान र पीपीइ गाउन ३५ वटा वितरण गरिएको मेहताले बताए।

यसैबीच प्रदेश १ का स्वास्थ्य संस्थाहरुले ‘फिबर क्लिनिक’ बन्द गरेको भन्दै अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ।

सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका अन्य सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि सञ्चालन गर्न निर्देशन दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .