ad ad

राजनीति


कोरोना रोक्न २ करोड दान गरेका पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः स्वदेश फर्किन खोज्ने नेपालीलाई ढोकामा तगारा लगाउनु हुन्न

कोरोना रोक्न २ करोड दान गरेका पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः स्वदेश फर्किन खोज्ने नेपालीलाई ढोकामा तगारा लगाउनु हुन्न

नेपालखबर
चैत १९, २०७६ बुधबार १:१७,

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २ करोड रुपैयाँ दान गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश फर्किन खोज्ने नेपालीलाई सरकारले राेक्न नहुने सुझाव दिएका छन्।

आफ्नो ट्विटर ह्यान्डलबाट ट्विट गर्दै उनले कोरोनाले गर्दा विदेशमा बस्न नसक्ने भएपछि आफ्नो देश फर्कन खोज्ने नेपालीलाई सीमामा रोक लगाउन नहुने सुझाव दिएका हुन्।

उनले ट्विट गरेका छन्, ‘आफू काम गरिरहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर बिचल्ली भएपछि फर्कन खोज्दा घरको ढोकामा तगारो लाग्नुहुन्न। सरकारले आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ।’

 

याे पनि :

पूर्वराजा ज्ञानेन्द्रद्वारा कोरोना कोषलाई २ करोड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .