ad ad

राजनीति


सदस्यता नवीकरण र वितरण रोकेर कांग्रेस कोरोनाविरुद्ध सचेतना अभियानमा

सदस्यता नवीकरण र वितरण रोकेर कांग्रेस कोरोनाविरुद्ध सचेतना अभियानमा

नेपालखबर
चैत ८, २०७६ शनिबार ७:२१,

नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण चैत मसान्तसम्मलाई क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोनाको संक्रमण फैलिन नदिनका लागि सो अवधिभर सदस्याता वितरण र नवीकरण रोकेको बताए।

उनले यो अभियान रोके पनि सहरदेखि गाउँ–गाउँसम्म सचेतना अभियान भने जारी रहने बताएका छन्। उनले सचेतना अभियानलाई सहयोग पु¥याउनका लागि कांग्रेस केन्द्रीय कार्यालय भने खुला रहने पनि विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ विज्ञप्ति

चैत्र मसान्तसम्मलाई कृयाशिल वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा नेपाली कांग्रेस थप सकृय हुने l

१, प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठुला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनी चौधौं महाधिवेशन तयारीसंग सम्बन्धित (कृयाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएका थिए l तर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन् l

२, `शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म´ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहनेछ l

३, जिल्ला, क्षेत्र, गाउँ-नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने रास्ट्रीय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मिहरुसंग आवश्यक समन्वय, सहयोग र स्वयंसेविको भुमिका निभाउनु हुनेछ l ४, सचेतना अभियानमा संचारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइनेछ l

५, स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधीमापनी मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहनेछ l

जय नेपाल 

विश्वप्रकाश शर्मा

प्रवक्ता एवं प्रमुख सूचना, संचार एवं प्रचार विभाग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .