ad ad

राजनीति


मास्क र दूरीको नियममा नेकपा शीर्ष बैठक

मास्क र दूरीको नियममा नेकपा शीर्ष बैठक

नेपालखबर
चैत ५, २०७६ बुधबार १३:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो सफल मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक बुधबार नेकपाको सचिवालय बैठक बसेको छ।

सो बैठकमा सबै नेताहरुले मास्क र सोसल डिस्ट्यान्स (दूरी) को नियम पालना गरेर बसेको थियो।

बैठकमा सफल मिर्गौला प्रत्यारोपका लागि प्रधानमन्त्रीज्यूलाई बधाई तथा चिकित्सकहरू र मृगौलादातालाई धन्यवाद दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

‘कोरोनाको संक्रमणलाई मध्यनजर गरी एसईई परीक्षासमेत रोक्नेलगायत उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको निर्णयहरूप्रति बैठकद्वारा प्रशंसा,’ थापाले जनाएका छन्।

पूर्वप्रधानमन्त्री माधव नेपाल उपत्यका बाहिरकाे एक कार्यक्रममा भएका कारण बैठकमा अनुपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .