ad ad

राजनीति


प्रदेश २ को स्थायी राजधानी र नाम टुंगो लगाउन भोलि मतदान

प्रदेश २ को स्थायी राजधानी र नाम टुंगो लगाउन भोलि मतदान

शैलेन्द्र महतो
चैत ३, २०७६ सोमबार १३:१८,

प्रदेश २ को स्थायी राजधानी र नामाकरण टुंगो लगाउन मंगलबार मतदान हुने भएको छ।

राजधानीको बिषयमा सहमति जुटेपनि नाममा सत्तारुढ र प्रतिपक्षी दलबीच विवाद हुँदा मतदानबाट निर्णय गर्न लागिएको हो।

मतदानको लागि मंगलबार बिहान ८ बजे प्रदेशसभा बैठक डाकिएको प्रदेशसभा २ सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

प्रदेशको राजधानी र नाम सम्बन्धमा बिभिन्न दल तथा सांसदले गत भदौ ५ गते प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।

सबै दलले राजधानीको रुपमा जनकपुरधामलाई नै प्रस्ताव गरेपनि नाम भने फरक फरक पस्ताव गरेका छन।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेको छ भने प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जानकी प्रदेश’ र नेपाली काँग्रेसले ‘मिथिला भोजपुरा प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छ।

नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो।
विशेष समितिमा दलहरुबीच स्थायी रजाधानीमा जनकपुरधाममा सहमति भइसकेको छ।

तर नाममा दलहरुले आ–आफ्नै अडान दोहोर्‍याएपछि मतदान गर्न लागिएको हो।

विशेष समितिले फागुन २९ गते प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा नाम र रजाधानी बिधिप्रक्रिया मार्फत टुंगो लगाउन मतदानमै जान सुझाब दिइएको छ।

प्रदेशसभामा रहेका सदस्य संख्याको दुईतिहाई बहुमतले प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकिने संवैधानिक व्यवस्था छ।

प्रदेश २ को प्रदेशसभामा १ सय ७ सांसद छन। सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, सत्ता साझेदार राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र एक स्वतन्त्र सांसद छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .