ad ad

कारोबार


‘व्यापारी पारदर्शी बनुन्, उपभाेक्ताले धेरै भण्डारण नगरुन्’

‘व्यापारी पारदर्शी बनुन्, उपभाेक्ताले धेरै भण्डारण नगरुन्’

वाशुदेव मिश्र
चैत ३, २०७६ सोमबार १२:४९,

पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको संकटको बेला संयमित बन्न तथा बजारमा अत्यधिक माग भएका ओखती, मास्क, सेनेटाइजरसहित खाद्यान्न, पेट्रोलियम पदार्थहरुको बिक्री वितरण तथा ढुवानी कार्यलाई पारदर्शी, सरल एवं प्रभावकारी बनाउन उद्योगी/व्यवसायीहरुसँग आग्रह गरेको छ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै संकटको यो घडीमा अत्यावश्यक सामानहरुको धेरै भण्डारण नगर्न सर्वसाधारणसँग अनुरोध पनि गरेको छ। ‘पोखरा उद्योग वाणिज्य संघ, अवैध रुपले गरिने सबैखाले व्यापार/व्यवसायको सधैँ विपक्षमा छ र रहन्छ’, संघका महासचिव अर्जुन पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अझ, मानवीय संकटको बेला गरिने कुकृत्य त झन् दण्डनीय हो भन्नेमा पनि संघ प्रष्ट छ।’

बजारमा अत्यावश्यक सामानहरुको अभाव सृजना भएको तथा कालोबजारी बढेको भन्ने गुनासो आइरहेको बेला संघले विज्ञप्ति जारी गरेको हो। कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको विपत्तिबाट सिंगो विश्व नै प्रभावित भएको बेला आवश्यक सुरक्षाको यथोचित प्रबन्ध गर्ने, जनतालाई सरकारबाट प्रदान गरिने स्वास्थ्य सेवाप्रति आश्वस्त बनाउने एवं आपूर्ति व्यवस्था सहज बनाउने दायित्व प्रभावकारी ढंगले सम्पादित गर्न संघले तीनवटै तहका सरकार तथा सरोकारवाला निकायहरुसँग माग पनि गरेको छ।

यसैगरि संघले कोरोना भाइरसका सेवा र औषधिजन्य उद्योगमा देखिएको विश्वव्यापी प्रभाव नेपालमा पनि देखिन थालेको उल्लेख गर्दै नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको पर्यटन उद्योग ठप्पप्रायः भएको र अन्य क्षेत्रमा पनि असर देखिन थालेको जनाएको छ।

महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले ‘नेपाल पनि कोरोना भाइरसको उच जोखिमयुक्त मुलुक’ भएको किटान गरेको सन्दर्भ उठाउँदै सचेत र सुरक्षित रहन उद्योगी/व्यवसायी तथा आम नागरिकमा अनुरोध पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .