ad ad

राजनीति


कोरोनाविरुद्ध मिलेर लड्न सार्कका नेताहरुबीच आइतबार भिडियो सम्मेलन हुने

कोरोनाविरुद्ध मिलेर लड्न सार्कका नेताहरुबीच आइतबार भिडियो सम्मेलन हुने

नेपालखबर
चैत १, २०७६ शनिबार १३:३४,

सार्क नेताहरुबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा आइतबार भिडियो सम्मेलन हुने बताइएको छ।

सार्कमा पछिल्लो समय विकसित घटनाक्रमका जानकारसँग कुराकानीपछि हिन्दुस्तान टाइम्सले भिडियो सम्मेलन हुने सम्भावना रहेको जनाएको छ।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रले एउटा साझा रणनीति बनाउनु पर्छ भन्ने प्रस्ताव गरेका थिए।

‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौं,’ मोदीले ट्विटमार्फत भनेका थिए, ‘संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान पुर्‍याउन सक्छौं।’

सार्कका सबै राष्ट्रले भारतको प्रस्ताव स्वीकार गरेका थिए। पाकिस्तानले सबैभन्दा अन्तिममा भारतको प्रस्ताव स्वीकार गर्दै सार्कका नेताहरुबीच हुने भनिएको भिडियो सम्मेलनमा आफ्ना स्वास्थ्यमन्त्री सहभागी हुने घोषणा गरेपछि कन्फ्रेन्सको सम्भावना बढेको हो।

सन् २०१६ देखि सार्क निस्क्रिय छ। सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा सार्क शिखर सम्मेलन हुने तय भएको थियो। तर, त्यसबेला कस्मिरको उरीमा आतंकवादी आक्रमण भएको थियो।

उक्त आक्रमण पाकिस्तानले गराएको भनेर भारतले आरोप लगाएपछि सार्कको कुनै गतिविधि सञ्चालनमा आएका छैनन्। त्यस आक्रमणमा १९ भारतीय सेनाको मृत्यु भएको थियो भने ४ जना आतंकवादीको मृत्यु भएको थियो।

जैस–ए मोहम्मद समूहले आक्रमणको जिम्मा लिएको थियो। यस समूहलाई पाकिस्तानको साथ रहेको भारतको ठहर छ।

तर, मोदीको पछिल्लो प्रस्तावले सार्क फेरि सक्रिय हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .