ad ad

राजनीति


नेता नेपाल भन्छन्ः एमसीसीको पैसा रोकिए एडीबीसँग सहयोग लिन्छौं

नेता नेपाल भन्छन्ः एमसीसीको पैसा रोकिए एडीबीसँग सहयोग लिन्छौं

नेपालखबर
फागुन २६, २०७६ सोमबार ११:५५,

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बाट प्राप्त हुने ५० करोड डलर रोकिए त्यसको विकल्पमा एसियाली विकास बैंक (एडीबी) सँग सहयोग लिने बताएका छन्।

पूर्वप्रधानमन्त्री नेपालले भारतको फ्रन्टलाइन म्यागेजिनलाई अन्तर्वार्ता दिँदै सो कुरा बताएका हुन्।

नेपालले एमसीसीको अनुदान लिएन भने प्रसारण लाइन र सडक बनाउन के गर्छ त भन्ने प्रश्नमा नेता नेपालले जवाफ दिएका छन्, ‘हामी एसियाली विकास बैंक जानेछौँ।’

सोही अन्तर्वार्तामा उनले अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिअन्तर्गत होइन भनी लिखित प्रतिबद्धता गर्न आग्रह गरेको समेत बताएका छन्।

गत माघ २३ मा राजदूत बेरीले नेता नेपाललाई निवासमै पुगेर भेटेका थिए। उनीहरुबीच एमसीसीकै विषयमा छलफल भएको थियो।

‘इन्डो प्यासिफिक रणनीतिलाई समर्थन गर्न सकिन्न। हामी त्यसमा स्पष्ट छौँ। त्यस्ता कुनै कुरा एमसीसीसँग जोडिएका छन् भने हामी एमसीसी पनि स्वीकार्न सक्दैनौँ,’ नेपालले सो अन्तर्वार्तामा भनेका छन्।

एमसीसी र इन्डो प्यासिफिकबीच कुनै सम्बन्ध नभएको अमेरिकाले आफूलाई बताएको उनको भनाइ छ।

‘यो कुरा स्पष्ट पार्न अमेरिकी राजदूत मकहाँ आउनुभएको थियो। मैले लिखित प्रतिबद्धता पनि मागेको थिएँ। जुन अहिलेसम्म आएको छैन,’ उनले भनेका छन्।

नेकपा केन्द्रीय समितिले गठन गरेको कार्यदलले एमसीसी परिमार्जनपछि मात्र अनुमोदन गर्न सिफारिस गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .