ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक सिंहदरबारमा, तस्बिरमा हेर्नुहोस् कोको मन्त्री उपस्थित?

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा, तस्बिरमा हेर्नुहोस् कोको मन्त्री उपस्थित?

नेपालखबर
असोज २, २०८१ बुधबार १८:४०, काठमाडौँ

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा मन्त्रीहरूका साथै मुख्य सचिव एकनारायण अर्याल उपस्थित छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवा भने बैठकमा सहभागी छैनन्।

मन्त्री राणा सोमबार साँझ क्यानाडा प्रस्थान गरिसकेकी छन्। क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्। उनी त्यतैबाट अमेरिका जानेछिन्।

नियमित बैठक बिहीबार बस्ने तालिका भए पनि भोलि संविधान दिवस तथा पर्सि प्रधानमन्त्रीको विदेश भ्रमण भएका कारण बुधबार नै बसेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल पर्सि असोज ४ गते संयुक्त राष्ट्र संघको बैठकमा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।

‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र  मानव निष्ठा सुनिश्चित गर्न  सहकार्य’ भन्ने नाराका साथ राष्ट्र संघको ७९ औँ महासभा भने गत भदौ २५ मा सुरू भइसकेको छ।

प्रधानमन्त्री ओली नेतृत्वको २२ सदस्यीय प्रतिनिधिमण्डलको भ्रमण भदौ २० गतेकै मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री राणा पनि हुनेछिन्। भ्रमण ६ दिनको हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .