ad ad

राजनीति


रास्वपा राष्ट्रिय भेला: रविको राजनीतिक प्रतिवेदन छलफलै नगरी अनुमोदन गर्ने तयारी

रास्वपा राष्ट्रिय भेला: रविको राजनीतिक प्रतिवेदन छलफलै नगरी अनुमोदन गर्ने तयारी

नेपालखबर
असोज २, २०८१ बुधबार १३:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल नै नगरी अनुमोदन गरिने भएको छ। 

काठमाडौंको प्रज्ञा भवनमा मंगलबार सुरु भएको राष्ट्रिय भेलामा हिजाे प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यास लगायतका विषयमा प्रतिवेदन पेस भएका थिए। 

ती प्रतिवेदनमाथि आज छलफल गरी अनुमोदन गर्ने कार्यतालिका छ। ती प्रतिवदेनहरूमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको भए पनि पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलका लागि समय नै छुट्याइएको छैन।

राष्ट्रिय भेलामा समापति लामिछानेले बुधबार दिउँसो साढे १ बजेपछि राजनीतिक दस्तावेज पेस गर्ने समय तोकिएको छ। तर, त्यसका लागि छलफलको समय छुट्याइएको छैन। 

सभापतिले राजनीतिक दस्तावेज पेस गर्न र अनुमोदन गर्न, अभियानको घोषणा र महाधिवेशनको मिति र स्थान तोक्न दिउँसो साढे १ देखि साढे ३ बजेसम्मगरी २ घण्टाको समय तोकिएको छ। 

रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि उपस्थित रहेका छन्। उनीहरु पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि आफ्नो विचार नै राख्न नपाई अनुमोदन गरेर घर फर्किनुपर्ने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .