ad ad

राजनीति


सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखले दिए सरकारलाई निर्देशन

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखले दिए सरकारलाई निर्देशन

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १५:४१, काठमाडौँ

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदले नेपाल सरकारलाई पठाएको छ।

सोमबार प्रतिनिधि सभामा पेस भएको प्रतिवेदन ‘आवश्यक कार्यार्थ’ नेपाल सरकारलाई पठाइएको हो।

प्रतिनिधि सभाको सोमबारको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीबाट प्रतिवेदन बुझेपछि सभामुख देवराज घिमिरेले सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए।

उनले भने, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु।’

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै सो को छानबिन गर्नका लागि प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो।

सभापति थापाले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिए।

सहकारी ठगीको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक तथा कर्मचारी समेत ३ जना र नियामक निकायका ५ जना गरी जम्मा ५५ जनासँग सोधपुछ गरिएको उनले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .