ad ad

राजनीति


मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १८:४७, काठमाडौँ

स्थानीय तहमा रिक्त पदमा आगामी  मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

आजै मात्रै निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ मा उपनिर्वाचन गर्न सुझाव दिएका थिए।

उक्त सुझाव अनुसार नै सरकारले साँझ निर्णय गरेको हो। 

निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .