ad ad

राजनीति


सहकारी ठगी छानबिनका लागि न्यायिक समिति गठन गर्नुपर्छ : अमेरशकुमार

सहकारी ठगी छानबिनका लागि न्यायिक समिति गठन गर्नुपर्छ : अमेरशकुमार

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १८:२२, काठमाडौँ

प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी छानबिनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा सो समिति गठन गरेर ६/७ महिनाको समय दिएर सहकारी ठगीको छानबिन गर्न उपयुक्त हुने उनको प्रस्ताव थियो।

आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सिंहले सहकारी ठगहरुको सम्पत्ति जफत गरेर भएपनि सरकारले पीडितहरुको रकम फिर्ता गर्नुपर्ने समेत बताए। उनले सहकारी ठगीमा रवि लामिछाने देखिएपनि त्यसमा बढी जिम्मेवार कांग्रेस–एमाले भएको जिकिर समेत गरे।

उनले भने, ‘सहकारीबाट नेपाली जनताको करिब एक खर्ब भन्दा बढी पैसा अपचलन भएको छ। त्यो अपचलन कुनै रास्वपाले मात्रै गरेको छैन। यसको जन्म कति वर्ष पहिले भयो? सहकारी हाम्रो कहिलेदेखि देखिन्छ?  वास्तवमा यसको न्यायिक छानबिन समिति गठन हुनुपर्दथ्यो। संसदीय छानविन यसका लागि उपयुक्त होइन।’

सांसद सिंहले कांग्रेस–एमालेले बढी सहकारीको पैसा प्रयोग गरेको भन्दै यसको अपचलनमा पनि उनीहरुनै बढि जिम्मेवार देखिएको तर्क समेत गरे।

उनले भने, ‘३० वर्षदेखि यो देशमा शासन नेपाली कांग्रेस र एमालेले गरेको छ। र सहकारीमा पनि कांग्रेस र एमाले नै हो। २०७० सालमा यही कांग्रेसको सहकारीको प्रतिनिधिको रुपमा सांसद समेत बनाइएको थियो। एमालेले इच्छाराज तामाङलाई बनाएको थियो। किनकी सहकारीको पैसा प्रयोग गरेको नै कांग्रेस र एमालेले हो। त्यो त उनीहरुले रविको मुख बन्द गराउनका लागि ऊ भर्खरको नयाँ सहकारीमा फसेको हो।’

उनले थपे, ‘सहकारीको न्यायिक छानबिन गर्नुपर्छ। अनि सर्वोच्च अदालतको सिटिङ जजलाई ६, ७ महिनाको समय दिएर सहकारी रकम अपचलनको छानबिन हुनुपर्छ। र जोजो दोषी छन, त्यसलाई कारबाही गर्नुपर्छ। र उसको सम्पत्तिबाट पैसा असुल गरेर नेपाली जनताको डिपोजिट जुन छ, उसलाई दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .