ad ad

राजनीति


मेटमणिको स्पष्टीकरण- मेरा भनाइ तोडमोड गरेर विवादित बनाउन खोजियो

मेटमणिको स्पष्टीकरण- मेरा भनाइ तोडमोड गरेर विवादित बनाउन खोजियो

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १८:१५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले आफूलाई जबर्जस्ती विवादित बनाउन खोजेको स्पष्टीकरण दिएका छन्। 

एक टीभी अन्तर्वार्तामा चौधरीले लिपुलेक र कालापानीमा भारतको हो भन्ने आशयको अभिव्यक्ति दिएपछि उनलई बिहीबार पार्टीका महासचिव घनश्याम भुसालले पत्र पठाएर स्पष्टीकरण दिन भनेका थिए। 

शुक्रबार आफ्नो स्पष्टीकरण सार्वजनिक गर्दै चौधरीले आफ्नो मूल आशयलाई बंग्याउने प्रयास गरिएको बताएका छन्। 

‘मैले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी यस विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरेपनि न मेरो त्यस्तो आशय थियो न त नियतनै,’ उनले पत्रमा भनेका छन्। 

‘गलत महाकाली सन्धिको कारण ले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दावी गरिरहेको र महाकाली सन्धिनै सच्चाउनु’ पर्ने विषयलाई इंगित गरिएको उनले स्पष्टीकरणमा बताएका छन्। 

सांसद् समेत रहेका चौधरीले आफू भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .