ad ad

राजनीति


बालुवाटार आएका देउवालाई ओलीले यसरी दिए जन्मदिनको शुभकामना

बालुवाटार आएका देउवालाई ओलीले यसरी दिए जन्मदिनको शुभकामना

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १२:१३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खादा ओढाएर जन्मदिनको शुभकामना दिएका छन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित प्रमुख तीन दलका शीर्ष नेता (ओली, देउवा र प्रचण्ड) को छलफलका क्रममा एमाले अध्यक्ष ओलीले देउवालाई खादा ओढाएर जन्मदिनको शुभकामना दिएका हुन्। 

प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बिहान बालुवाटारमा छलफल भएको थियो। उनीहरूबीच संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा नेताहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बिहीबार बिहान साढे १० बजे बालुवाटार पुगेका प्रचण्डसँग ओलीले झण्डै २० मिनेट एक्लै वार्ता गरेपछि देउवा पुगेका थिए। 

‘आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो’, ओलीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो। सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .