ad ad

राजनीति


जलवायु परिवर्तनका मुद्दाको अगुवाइ वामपन्थीले गर्नुपर्छ : प्रदीप ज्ञवाली

जलवायु परिवर्तनका मुद्दाको अगुवाइ वामपन्थीले गर्नुपर्छ : प्रदीप ज्ञवाली

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १४:४३, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाइ वामपन्थीहरूले गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँमा नेपालमा समाजवादः चुनौती र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको बताए। साथै, उनले यस्ता मुद्दाहरू उठाउने कामको अगुवाइ वामपन्थीहरूले गरेको पनि दाबी गरे। 

जलवायु संकटका एकमात्र कारकहरू दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु रहेको बताए।

‘केही नयाँ इस्युहरू आएका छन्। जुन इस्युहरूको लिड वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ। जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवायु संकटको तहमा पुगेका छौँ। त्यसले ढोका ढक्ढक्याउन थालेको छ। त्यो मुद्दाहरूको अगुवाइ हामी वामपन्थीहरूले गर्नुपर्छ,’ उनले अघि भने, ‘किनभने जलवायु संकटका एकमात्र कारकहरू भनेका दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरू हुन्। श्रमीकहरू झनझन संकटमा पर्न थालेका छन्। जुन हिसाबले उत्पादनका ढाँचाहरू बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको संगठित श्रम कमजोर हुँदै गएर मान्छेका आउटसोर्समाध्यमबाट, अरु विभिन्न ढंगले, प्रविधिमा लिड गर्ने कुराहरू छन्।’

उपमहासचिव ज्ञवालीले २०६२÷०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .