नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू) का अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई गम्भीर आरोप लगाएका छन्।
उनले काठमाडौँको लाजिम्पाटस्थित रहेको होटल सांग्रिलाको पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुफिया एजेन्सीको निर्देशनमा जनताको आँखामा छारो हाल्ने काम बालेनले गरिरहेको आरोप लगाएका हुन्।
सामाजिक सञ्जालमार्फत बडालले दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्ने काम बन्द गर्न भनेका छन्।
‘काठमाडौँ महानगरको मेयर बालेनजी, साङ्ग्रिला होटल पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्ने काम बन्द गर्नुस्,’ बडालले फेसबुकमा लेखेका छन्, ‘नेपाली जनताले तपाईंको असलियत बुझ्ने दिन धेरै टाढा छैन्।’
मेयर शाहले आजैमात्रै नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माको फोटो सार्वजनिक गर्दै नाबालिगमाथि ८ वर्षसम्म पनि हिंसा हुँदा किन कारबाही नगरेको भन्दै प्रश्न गरेका थिए।
उनले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामनै लेखेर सम्बोधन गर्दै भनेका छन्, ‘दैनिक रुपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनू भन्दा पनि यो सरकारले समाएको छैन।’
Shares
प्रतिक्रिया