ad ad

राजनीति


समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : डा महत

समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : डा महत

नेपालखबर
भदौ १५, २०८१ शनिबार २०:२१, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

जय नेपाल फाउण्डेशनले आज मकवानपुरको हेटौँडामा आयोजना गरेको ‘राजनीति नेतृत्वको सबक–युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उहाँले महिला, मधेशी, आदिवासी जनजाति, दलितलगायत वर्ग तथा समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने धारणा राखे।

‘महिलाको ३३ प्रतिशत र अरू समुदायको प्रतिनिधित्व नघट्ने गरी प्रत्यक्ष निर्वाचन विधिबाट समानुपातिक समावेशितालाई सुनिश्चित गर्दै संविधान संशोधन गर्न सकिन्छ’, उनले भने, ‘यसबाट महिलालगायत वर्गमा प्रत्यक्ष चुनाव लड्ने गरी नेतृत्वको विकास हुन्छ। एउटै दलले बहुमत ल्याउन सक्छ। यस्तो भन्दैमा पार्टीको त्यसै  बहुमत आउँदैन। त्यसका लागि पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर जनताको घरमा पुग्नुपर्छ।’

चुनौती स्वीकार गरेरै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सँग पार्टीले सरकार गठनका लागि गठबन्धन गरेको प्रवक्ता डा महतको स्पष्टोक्ति थियो।

‘‘तेस्रो दल भए पनि हामीले सरकारको नेतृत्व गर्न माओवादीलाई दिएकै हो, स्थिरता कायम हुन सकेन। त्यसैले कांग्रेसले एमालेसँग सहकार्य गर्न पुग्यो। यो सहकार्य कम चुनौतीपूर्ण छैन भन्ने कुरामा हामी प्रष्ट छौँ’, उनको भनाइ थियो।  
 

प्रतिनिधिसभा सांसद डा महतले अब नेपालमा केही गर्न सकिँदैन, केही हुँदैन भनेर बन्दै गरेको भाष्य चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .