प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ।
राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधि सभाबाट २०८० भदौ ६ गते दफावार छलफलको लागि समितिमा प्राप्त भएको थियो।
समितिमा टुंगिन बाँकी दफाहरु माथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ असार १३ गते देवेन्द्र पौडेलको संयोजकत्वमा दीपा शर्मा र डिग बहादुर लिम्बु सदस्य रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो।
उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदन माथि समितिमा छलफल गरी आज पारित गरेको हो। समितिबाट पारित उक्त विधेयक सभाको भदौ १८ गतेको बैठकमा पेस हुनेछ।
15
Shares
प्रतिक्रिया