ad ad

राजनीति


बम पड्किँदा खित्का छोड्ने सिरियाली बालिकाले टर्कीमा पाइन् शरण

बम पड्किँदा खित्का छोड्ने सिरियाली बालिकाले टर्कीमा पाइन् शरण

नेपालखबर
फागुन २१, २०७६ बुधबार १६:३,

केही दिनअघि तीन वर्षकी सिरियाली बालिका साल्वा मोहम्मदको भिडियो संसारभर भाइरल भएको थियो। भिडियोमा उनी बम पड्केको आवाज आउँदा खित्का छाडेर हाँस्दै गरेकी देखिन्थिन्।

निरन्तर आक्रमणको चपेटामा परेको इदलिबका बासिन्दा अब्दुल्लाह मुहम्मदले छोरीलाई त्रासबाट मुक्त पार्न यसरी हाँस्न सिकाएका थिए।

बीबीसीले सो भिडियो प्रसारण गरेपछि संसारभरका मानिसले उनीप्रति सहानुभूति व्यक्त गरेका थिए।

हालै टर्कीको सरकारले ती बालिकाको परिवारलाई इदलिबबाट निस्किन मद्दत गरेको खबर छ।

salwa-syria.jpg

टर्कीको सञ्चारमाध्यमले जनाएअनुसार २५ फेब्रुअरीका दिन साल्वा र उनको परिवार सीमा पार गरेर टर्कीमा प्रवेश गरेका छन्। हाल उनीहरु दक्षिणी टर्कीको रेहानलीस्थित एक शरणार्थी शिविरमा रहेको बाइएको छ।

मुहम्मदले आफूहरु शिविरमा खुसी र सुरक्षित भएको बताएका छन्।

‘मलाई आशा छ, सिरियाको द्वन्द्व चाँडै समाधान हुनेछ र हामी फर्किन पाउने छौँ,’ उनले भनेका छन्। एजेन्सी

यो पनि:

बाहिर बम पड्किरह्यो, भित्र छोरीलाई हँसाइरहे यी पिताले (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .