ad ad

राजनीति


पुस १ र असोज १८ लाई कांग्रेसले कालो दिनका रुपमा मनाउनुपर्ने प्रस्ताव

पुस १ र असोज १८ लाई कांग्रेसले कालो दिनका रुपमा मनाउनुपर्ने प्रस्ताव

नेपालखबर
भदौ १०, २०८१ सोमबार १४:५४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पुस १ र असोज १८ लाई पार्टीले कालो दिनका रुपमा मनाउनुपर्ने प्रस्ताव गरेका छन्।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले ती दिनमा राजनीतिक गतिविधि गर्न नहुने प्रस्ताव राखेका हुन।

‘हरेक वर्ष यी दुई दिनलाई राजनीतिक कालो दिन घोषणा गर्नुपर्‍यो,’ गुरुङको प्रस्ताव छ, ‘पार्टीले आफ्नो स्थानीयदेखि केन्द्रतहसम्म कुनै पनि राजनीतिक कार्यक्रम गर्नु भएन।’

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकारलाई अपदस्त गर्दै सबै शक्ति आफ्नो हातमा लिएका थिए। त्यसपछि सुरु भएको निर्दलीय पञ्चायती व्यवस्था तीन दशकसम्म चलेको थियो।

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई अपदस्त गर्दै गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए। 

नेपालको राजनीतिक इतिहासमा राजाबाट अपदस्त हुने दुई जननिर्वाचित प्रधानमन्त्रीमा कोइराला र देउवा हुन्। 

त्यस्तै गुरुङले संविधानमा व्यवस्था भएको मौलिक हक, संघीयता, संवैधानिक आयोगको पुनरालोकन, समावेशी प्रतिनिधित्व लगायतका विषय कार्यन्वयन गर्न आवश्यक पर्ने ऐन निर्माण गर्न पार्टीले पहल लिनुपर्नेमा समेत जोड दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .