ad ad

राजनीति


कानुनमन्त्रीको आग्रह : संसदमा बिजनेस छैन, लगातार बैठक राखौँ

कानुनमन्त्रीको आग्रह : संसदमा बिजनेस छैन, लगातार बैठक राखौँ

नेपालखबर
साउन २२, २०८१ मंगलबार १९:०, काठमाडौँ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदमा समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेश गर्न आग्रह गरेका छन्।

मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संसदमा बिजनेस नरहेको भन्दै समितिमा रहेका विधेयकहरु चाँडो भन्दा चाँडो छलफल गरी संसदमा पेश गर्न समितिसमक्ष आग्रह गरे।

उनले विधेयकहरु संसदमा पठाउन दिनदिनै बैठक राख्न पनि आग्रह गरे। उनले विचाराधीन विधेयकका विषयहरु टुंग्याउन लगातार बैठक राख्नुको विकल्प नरहेको बताए।

मन्त्री चौरसियाले भने, ‘भोलि यसले अन्य जटिलता पनि नआओस् भन्ने मान्यज्यूहरुको भावना रहेकाले त्यसमा छलफल सम्बन्धित मन्त्रालयसँग गरेर अघि बढ्दा मन्त्रालय सहमत नै छ। भोलिदेखि लगातार यस समितिमा बैठक बसेर अन्य विषयहरु पनि टुंग्याउने कुराहरु हामीले अघि बढाउनु पर्छ। किनभने संसदभित्र बिजनेस छैन।’

मन्त्री चौरसियाले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा छलफल राख्न पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .