सरकारले विपद्बाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न अनुदान कार्यविधि स्वीकृत गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औं बैठकले विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ स्वीकृत गरेको हो।
कार्यकारी समितिका अध्यक्ष तथा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले सो कार्यविधि स्वीकृत गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।
बैठकले भत्किएका र बाढीले क्षति पुर्याएका तटबन्धहरू तत्काल मर्मतसम्भारको लागि उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत अगाडि बढाउने निर्णय पनि गरेको छ।
साथै, डेङ्गु, झाडापखाला र हैजाजस्ता मनसुनसँगै महामारीजन्य रोगको प्रकोप बढ्न सक्ने सम्भावनालाई ख्याल गर्दै ती रोग फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालय मार्फत तत्कालै आवश्यक कार्य अगाडि बढाउन पनि निर्देशन दिएको छ।
Shares
प्रतिक्रिया