नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ।
धेरै नेताको जिम्मेवारी हेरफेर गरिएको छ। केहीमा मनोनयन गरिएको छ।
केन्द्रीय सचिव योगेश भट्टराईलाई मधेस प्रदेशको इन्चार्जबाट झिकेर संसदीय मामिला विभाग तोकिएको छ। रघुवीर महासेठलाई विदेश विभाग प्रमुख तोकिएको छ। अर्का सचिव गोकर्ण विष्टलाई पनि भूगोलको जिम्मेवारी नदिई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग जिम्मा लगाइएको छ।
सात जना सचिवमध्ये पद्मा अर्याल र लेखराज भट्टले मात्र भूगोलको जिम्मेवारी पाएका छन्। अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएका छन्।
उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी स्कुल विभागको नेतृत्व पाएका छन्।
सचिवालय बैठकले तोकेको नयाँ जिम्मेवारी :
279
Shares
प्रतिक्रिया