नेकपा एमालेले रिक्त रहेको पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
‘उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेका छौँ,’ उनले भने।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली पदमा बराललाई मनोनीत गरिएको हो।
साथै, स्थायी कमिटीमा पनि दुई जना सदस्य थपिएका छन्। मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको पोखरेलले बताए।
त्यस्तै, केन्द्रीय कमिटीमा १७ जना मनोनीत भएका छन्।
684
Shares
प्रतिक्रिया