ad ad

राजनीति


२२ सचिवको सरुवा, को कहाँ?

२२ सचिवको सरुवा, को कहाँ?

नेपालखबर
साउन १६, २०८१ बुधबार १९:३१, काठमाडौँ

सरकारले सचिव सरुवाको सूची सार्वजनिक गरेको छ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २२ जना सचिवको जिम्मेवारी हेरफेर भएको जानकारी दिएका हुन्।

मन्त्री गुरुङका अनुसार, सोमबारको मन्त्रिपरिषद् बैठकले रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगम कार्यालयमा सरुवा भएका छन् भने अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको छ।

यस्तै, मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय पुगेका छन् भने गोकर्णमणि दुवाडीले राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीको जिम्मेवारी पाएका छन्।

सुरेश आचार्य जल तथा ऊर्जा आयोगको सचिवालय, भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रमिलादेवी वज्राचार्य खानेपानी मन्त्रालयमा सरुवा भएका छन्।

यसैगरी मधुसूदन बुर्लाकोटी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, डा. रामप्रसाद घिमिरे अर्थ मन्त्रालय, किरणराज शर्मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, डिल्लीराम शर्मा लोकसेवा आयोग, रामकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गोपालप्रसाद सिग्देल ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, रामेश्वर दंगाल रक्षा मन्त्रालयमा सरूवा भएका छन्।

यस्तै, मुकुन्दप्रसाद निरौला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सर्जुकुमार वैद्य राष्ट्रिय सतर्कता केन्द्र, नारायणप्रसाद शर्मा हुमागाईं राष्ट्रपतिको कार्यालय, केशवकुमार शर्मा बिडारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रामआधार साह नेपाल ट्रस्टको कार्यालयमा पुगेका छन्।

मन्त्री गुरुङका अनुसार घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, दिनेशकुमार घिमिरे अर्थ मन्त्रालयको राजस्व सचिव, राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।

यस्तै, सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा ५९ अस्थायी कर्मचारीका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .