ad ad

राजनीति


कांग्रेस सांसद शर्माले भने– गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन होस्

कांग्रेस सांसद शर्माले भने– गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन होस्

नेपालखबर
साउन १३, २०८१ आइतबार १६:२४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेट प्रकरणमा नेपाली कांग्रेसलाई लगाएको आरोपबारे छानबिन गर्न सरकारसमक्ष आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले गिरीबन्धु र नक्कली भुटानी शरणार्थी दुवै प्रकरणका दोषी उम्कन नहुने बताएका हुन्। 

‘गिरीबन्धुको ७० बिगा जग्गा कांग्रेस पार्टीले बेचेर खाएको हो भनेर सिंगो कांग्रेस पार्टीलाई आरोप लाग्यो। यो बेलामा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका ती को व्यक्ति हुन् तीनले छुट पाउनहुन्न। यो आरोपको छानबिन गरियोस्,’शर्माले भने।

साथै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि छानबिन हुनुपर्ने बताए।

‘नक्कली शरणार्थी प्रकरणमा पनि त्यही हो। निर्दोष कोही फस्नुहुन्न, दोषी कोही उम्कनुहुन्न। जुनबेला नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको बेला कांग्रेस र माओवादीको सरकार थियो,’ उनले भने, ‘अहिले सरकारमा नेकपा एमाले पनि आइपुगेको छ। जो परीक्षामा सँगै सामेल छ। यसलाई निष्कर्षमा पुर्याउन सक्छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .