प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाइ समितिका दुई जना सदस्यको नाम हेरफेर गरिएको छ।
नेपाली कांग्रेसका सांसद रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेको ठाउँमा नयाँ सदस्यहरू हेरफेर गरिएको हो।
लेखक गृहमन्त्री भएपछि उनको ठाउँमा श्यामकुमार घिमिरेलाई मनोनीत गरिएको छ। त्यस्तै, रास्वपा सांसद वाग्लेको ठाउँमा डोलप्रसाद अर्याललाई मनोनीत गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए।
अर्याल यसअघि मन्त्रिपरिषद्मा भएका कारणले समितिका सदस्य थिएनन्। वाग्ले अर्थ समितिमा पनि छन्।
मंगलबार सभामुख घिमिरेले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को २ बमोजिम हेरफेर सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको छ।
165
Shares
प्रतिक्रिया