ad ad

राजनीति


वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत : चित्रबहादुर

वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत : चित्रबहादुर

नेपालखबर
जेठ २१, २०८१ सोमबार १४:५४, काठमाडौँ


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले साधारण खर्चको बोझ घटाउन संघीयता खारेज गर्नुपर्ने बताए।

‘साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण संघीयता हो। संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ । साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनुपरेको छ। जसको परिणाम नेपाली जनतामाथि अनावश्यक प्रकारको आर्थिक बोझ थपिदै गएको छ। त्यसैले संघीयतालाई कायम राखेर साधारणतर्फको खर्च घटाउन सकिन्न। र मुलुकलाई संघीयताका कारण उत्पन्न बोझबाट मुक्त गर्न सकिन्न’, उनले भने।

सांसद केसीले अगाडि भने, ‘वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत भएकाले संघीय संरचना हटाउन पर्छ।’

सांसद केसीले उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .