ad ad

राजनीति


प्रधानमन्त्रीसँग भर्खर भेटेर आएँ, छलफल सकारात्मक छ : माधव नेपाल

प्रधानमन्त्रीसँग भर्खर भेटेर आएँ, छलफल सकारात्मक छ : माधव नेपाल

नेपालखबर
जेठ २०, २०८१ आइतबार १४:१९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सरकारका विभिन्न घटकसँग भइरहेका छलफल सकारात्मक भइरहेको बताएका छन्। उनले मधेस प्रदेशमा आफ्नो पार्टी अहिलेको सरकारमा सहभागी भएको विषयलाई अलपत्र छाडेर भाग्ने मुडमा पार्टी नरहेको पनि बताए। 

आइतबार पार्टीले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डसँग आजै छलफल गरेर फर्किएको जानकारी गराए। 

‘अस्ति मात्रै अहिलेको समीकरणमा रहेका ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षसँग वार्ता र छलफल भयो। यसैको सिलसिला अघि बढाऔँ भनेर छलफल चलिरहेको छ,’ नेपालले भने, ‘अहिले भर्खरै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर यहाँ आउँदैछु।’

उनले मधेस प्रदेशमा सरकारमा सहभागी भएको विषयमा छलफल चलिरहेको भन्दै टुंगोमा नपुगेको जानकारी गराए। 

‘त्यस्तै, हामी मधेस प्रदेशको सरकारमा सहभागी भएको सन्दर्भमा टुंगो लागेको छै्रन। बाटोमा अलपत्र छाडेर भाग्नेवाला छैनौँ,’ नेपालले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .