ad ad

राजनीति


सिरोहियालाई पक्राउ गर्न कार्यकक्षमा प्रहरीको टोली

सिरोहियालाई पक्राउ गर्न कार्यकक्षमा प्रहरीको टोली

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १८:२१, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न प्रहरीको टोली उनको कार्यकक्षमा पुगेको छ। 

उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यालयमा सादा पोसाकमा पुगेका हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मी, डीएसपी अनिल घिमिरे  लगायत सिरोहियाको कार्यकक्षमा पुगेका छन्। 

सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .