ad ad

राजनीति


दहचोकमा पर्यटन महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने : अर्को वर्ष पिचबाटोमा सरर आउने बनाउँछु

दहचोकमा पर्यटन महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने : अर्को वर्ष पिचबाटोमा सरर आउने बनाउँछु

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार १३:५८,

प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र पूर्खाहरुको विरताको सम्मान गर्नुपर्ने बताएका छन्।

चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पूर्खाहरुको योगदानको कदर गर्नुपर्ने बताएका हुन्। प्रधानमन्त्री ओलीले पुर्खाहरुका कामलाई प्रेरणाका रुपमा लिइ देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतीज्ञा गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले एकीकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गरेका थिए। उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरेका थिए। पहिलो पटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफूले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पूरा हुँदै गएको बताए।

प्रधानमन्त्री ओलीले विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत बताए।

आफु पहिलो पटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताए। हिँउदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताए। ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पूननिर्माण भएका दुईवटा सतलको समेत उद्घाटन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .