ad ad

राजनीति


प्रचण्डलाई नै हसाउने ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’!

प्रचण्डलाई नै हसाउने ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’!

नेपालखबर
जेठ १, २०८१ मंगलबार १६:३३, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराएका छन्। 

पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त सभामा नीति तथा कार्यक्रम पढेर सुनाइरहेका छन्। 

‘महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

पौडेलले यो कार्यक्रमबारे जानकारी गराउँदा संसद् बैठकमा हाँसोको फोहोरा छुटेको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि राष्ट्रपतिले यो कार्यक्रमबारे पढेर सुनाउँदा छेउमै रहेका उपप्रधानमन्त्री रघुवीर महासेठसँग कानेखुसी गर्दै हाँसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .