ad ad

राजनीति


बाँस्कोटाले प्रधानमन्त्रीलाई नभेट्दै संसदमा राजीनामाको जानकारी

बाँस्कोटाले प्रधानमन्त्रीलाई नभेट्दै संसदमा राजीनामाको जानकारी

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १०:५९,

बिहीबार दिउँसो ३ बजेपछि प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग्दै संसद अवरुद्ध गर्‍यो।

लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी संसदलाई गराए।

तर, त्यसबेला धनगढीबाट भर्खरै काठमाडौँ आइपुगेका बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेका थिएनन्।

संसदमा सभामुखले उनको राजीनामाको जानकारी गराइसकेपछि मात्रै बाँस्कोटाले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

त्यसपछि मात्र उनले राजीनामा बुझाएका हुन्।

बाँस्कोटाले प्रधानमन्त्रीलाई नभेटी नै सभामुख सापकोटाले कसरी राजीनामाको जानकारी संसदलाई गराए त?

बालुवाटार स्रोतका अनुसार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच त्यसअघि नै भेट भएर बाँस्कोटालाई राजीनामा गराउने निर्णय भइसकेको थियो। त्यसैले प्रधानमन्त्री कार्यालयले संसद सचिवालयलाई राजीनामाको जानकारी दिएको थियो।

बिहीबार प्रधानमन्त्री ओलीले बालुवाटारमै डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको किताब बिमोचन गरेका थिए। ‘सुशासनको विषयमा कसैलाई नजिक, कसैलाई टाढा गरिन्न,’ उनले विमोचन कार्यक्रममा भनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .