ad ad

कारोबार


पर्यटनमन्त्रीद्वारा चीन जाने नेपाल एयरलाइन्सका 'क्रु मेम्बर'को प्रशंसा

पर्यटनमन्त्रीद्वारा चीन जाने नेपाल एयरलाइन्सका 'क्रु मेम्बर'को प्रशंसा

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १०:४७,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनको वुहानबाट नेपालीहरु ल्याउने नेपाल एयरलाइन्सका वाइडवडीका क्रु मेम्बरहरुको प्रशंसा गरेका छन्।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजले गत शनिबार कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १ सय ७५ जना नेपालीहरुलाई स्वदेश ल्याएको थियो।

बिहीबार क्रु मेम्बरसँगको भेटपछि योगेश भट्टराईले लेखेका छन्, 'कतिपयले आनाकानी गरे, कतिले बहाना बनाए। अन्तिममा एउटा टीम तयार भयो, नेपाल बायुसेवा निगमका वरिष्ठ पाइलट्, पाइलट्, एयर होस्टेज, इन्जिनीयर, र कर्मचारीहरु जसले चीनबाट नेपालीहरुलाई सकुशल ल्याउनुभयो वहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ। आज वहाँहरुलाई राखिएको नगरकोटको खानेपानीको अतिथि गृहमा भेट्दा वहाँहरुको चेहेरामा देखिएको खुशी र मुस्कानप्रति गर्व गर्दछौँ।'

यस्तै मन्त्री भट्टराईले खरीपाटीमा रहेका विद्यार्थीहरुको अनुशासन, संयमता र सरकारप्रति गरेको विश्वासका लागि धन्यवाद दिएका छन्। उनले सुरक्षा निकाय तथा स्वास्थ्यकर्मी र स्थानीय प्रशासनले गरेको व्यवस्थापन र प्रदान गरेको सेवाको समेत प्रशंसा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .