ad ad

राजनीति


मुख्यमन्त्रीको सचिवालयले भन्यो : कार्यकक्षमा हैन, संस्कार अनुसार नै मदिरापान

मुख्यमन्त्रीको सचिवालयले भन्यो : कार्यकक्षमा हैन, संस्कार अनुसार नै मदिरापान

वाशुदेव मिश्र
फागुन ४, २०७६ आइतबार १०:२७,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयले मुख्यमन्त्रीले कार्यालयमा नभई निवासमा ‘गुरुङ जातिको संस्कार अनुसार’ मदिरापान गरेको प्रष्ट पारेको छ।

मुख्यमन्त्री गुरुङले मदिरापान गर्दै गरेका तस्बिरहरु सार्वजनिक भएका र कार्यालयमै बसेर मदिरासेवन गरेको भन्ने समाचारहरु सार्वजनिक भएपछि मुख्यमन्त्रीको सचिवालयले विज्ञप्ति निकालेरै त्यसको खण्डन गरेको हो।

शनिबार मुख्यमन्त्रीको जन्मदिन पनि परेको र बेलायतमा जेठान पनि आएको अवसरमा पारिवारिक जमघटमा पाहुना खाना खानेक्रममा कुनै मर्यादाविपरीत कार्य नगरेको दावी गरिएको छ।

‘फायुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्शमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमनत्रीज्यूको जन्म दिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सो क्रममा खिचिएको भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरा पान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्वनापूर्ण छ।’

विज्ञप्तिमा सो जमघट गुरुङ जातिको संस्कार अनुसार नै भएको र सो क्रममा कुनै मर्यादाविपरीत कार्य नभएको स्पष्ट पारिएको छ।

निजी सचिवालयको तर्फबाट डिल्लीराम सिग्देलद्धारा जारी विज्ञप्तिमा घटनालाई अतिरञ्जित नबनाउन आग्रह पनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .