ad ad

समाज


नर्भिक इन्स्टिच्यूटका विद्यार्थीद्वारा ५६ पिन्ट रक्तदान

नर्भिक इन्स्टिच्यूटका विद्यार्थीद्वारा ५६ पिन्ट रक्तदान

नेपालखबर
फागुन ४, २०७६ आइतबार १०:३०,

नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजुकेशनका विद्यार्थीले रक्तदान गरेका छन्।

आफ्नो दशाैं वार्षिकोत्सवको उपलक्ष्यमा कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका कलेजले जनाएको छ।
नेपाल रेडक्रसको मानव जीवनको लागि वहुमुल्य वस्तु रगतको कमीबाट कुनैपनि व्यक्तिले मृत्युवरण गर्नु नपरोस भन्ने हेतुले ‘रक्तदान जीवनदान’ को नारालाई सफल बनाउन कलेजले ५६ पिन्ट रगत रेडक्रस भक्तपुर शाखालाई हस्तान्तरण गरेको छ।

सो अवसरमा इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत कुलानन्द शर्माले सामाजिक सेवा अन्तर्गत मानवीय सेवालाई ख्याल गरी इन्स्च्टियूटको दशौं वार्षिकोत्सवको अवसर पारेर रक्तदानको कार्यमा सहभागी भई मानव जीवनको बहुमूल्य बस्तु रगतले कसैको जीवन बचाउन सकिने कार्यमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिए।

nervic-raktadan.JPG

सो अवसरमा हाल विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइरस नामक रोगको विषयमा र उक्त रोगबाट बच्ने उपायहरु तथा त्यस्तो रोग लागिहालेमा रोगथामको उपायको विषयमा व्यानर तथा पोस्टर समेतको वितरण गरी यस कलेजमा अध्ययन अध्यापन गर्ने विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुबाट अन्तरक्रिया कार्यक्रम समेत गरियो।

नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजुकेशन पूर्वाञ्चल विश्वद्यिालय तथा सीटीईभीटीबाट सम्वन्धन प्राप्त गरी वीएससी नर्सिङ, पीवीएनएस तथा पीसीएल नर्सिङ्गमा अध्ययन÷अध्यापन हुने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .