ad ad

राजनीति


भारतको गुरुयाेजना नेपाल कब्जा गर्ने: केसी

भारतको गुरुयाेजना नेपाल कब्जा गर्ने: केसी

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १६:३,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल कब्जा गर्ने भारतको योजना रहेको बताएका छन्। 

पार्टी निकट अखिल नेपाल महिला संघको शुक्रबारदेखि बुटवलमा शुरु भएको साताैं राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले अहिलेसम्म देशको ७१ ठाउँमा सीमा मिचेको भारतको अन्तिम योजना नेपालै कब्जा गर्ने रहेको दाबी गरे।

उनले नेपालका ठूला नदीनाला भारतले कब्जा गरिसकेको बताए। सत्ता सञ्चालकहरुको कमजोरीका कारण संसारमै जलश्रोतको धनी देशका नेपाली जनाता अहिले भिक मागेर खाने अवस्थामा पुगेको उनको भनाई छ। उनले हिजो महाकाली सम्झौता गरेर जनता ठग्नेहरु नै अहिले एमसीसी ल्याएर जनतालाई फेरि झुक्काउन लागेको बताए।

एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै अमेरिकाले सहयोगको नाममा एमसीसी भित्राएर नेपालमा अमेरिकी सेनाको अखडा बनाउन खोजेको पनि गरे। एउटा देशलाई सातवटा देश बनाएकै कारण नेपाली जनता गाई र भैँसीको कर तिर्न बाध्य भएको उल्लेख गर्दै जनताको लागि संघीयता घाँडो भैसकेको नेता केसीको भनाइ छ ।

सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल, नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, प्रदेश सांसद पियारी थापा, तारा जीसीलगायतले सम्बोधन गरेका थिए।

सम्मेलन उद्घाटन अगाडी बुटवलमा र्‍याली निकालिएको थियो।

सम्मेलनमा ४ सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहको अध्यक्ष मिना पुनले जानकारी दिइन्। दुई दिनसम्म चल्ने सम्मेलनले राजनीतिक प्रतिवेदन पास गर्नुका साथै नयाँ नेतृत्व चयन गर्दै आगामी चैत महिनामा महिला हिंसा विरुद्ध देशब्यापी अभियान सञ्चालन गर्ने कार्यक्रम तय गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .