ad ad

राजनीति


समाज र राष्ट्र निर्माणमा ध्यान केन्द्रित गर्न युवाहरुलाई प्रधानमन्त्रीको आग्रह

समाज र राष्ट्र निर्माणमा ध्यान केन्द्रित गर्न युवाहरुलाई प्रधानमन्त्रीको आग्रह

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ८:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन्।

राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दज्य्रानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुशासित युवाको आवश्यकता रहेको बताएका हुन्।

उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रित गर्न आग्रह गरे। ‘तपाईंहरुमाथि केवल आफ्ना अभिभावकहरुको मात्रै आशा र सपनानिहित छैन, तपाईंका प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको छ’, उनले भने, ‘त्यसैले सर्वोत्कृष्ट समाज निर्माणका लागि तपाईंहरुले आफ्नोे मनोबल उच्च गराउन आवश्यक छ। हरेक युवाले आफुमा कुशल नेतृत्व क्षमताको विकास नैतिक आचरण र अनुशासनको परिपालना निश्चित गर्दै समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न ध्यान केन्द्रित गर्दछु।’ प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फि व्यक्तित्व विकासमा सहयोग गर्न कटिबद्ध रहेको समेत बताए।

उनले युवाहरु एकजुट भइ काम गरे जस्तोसुकै चुनौतिको सामना गर्न सक्ने उल्लेख गर्दै सबै युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुटन सुझाब समेत दिए।

उनले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दिक्षीत भएका विद्यार्थीको भूमिका अझ बढी महत्वपूर्ण हुने बताए। राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले दलको सुदृढीकरण र जनस्तरसम्म पु¥याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए।

राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तालिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थीहरु सहभागी रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .