कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीनैजना मन्त्रीहरूले राजीनामा दिएका छन्।
उनीहरूले वीरेन्द्रनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै राजीनामा गरेको जानकारी दिएका हुन्।
नयाँ गठबन्धनलाई मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्।
कर्णालीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा बेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी मन्त्री थिए।
उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए।
201
Shares
प्रतिक्रिया