जनता समाजवादी पार्टी (जसपा)को तराई थरुहट राष्ट्रिय समितिमा उपाध्यक्षसहित १० सदस्य मनोनित भएका छन्।
बुधबार दाङमा बसेको बैठकले समितिको उपाध्यक्षमा गुलाम हुसेन हलवाई र सदस्यहरुमा लालिमा मल्ल, नोयेन्द्र धिताल,मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्धिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई मनोनयन गरेको हो।
बैठकले लुम्बिनी प्रदेश समितिको आयोजनामा मंसिर १९ देखि सुरु हुने प्रशिक्षणमा समितिको तर्फबाट सहभागी हुने प्रतिनिधिको नाम छनोट गरिएको जसपा केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ।
बैकठले सदस्यहरुको मासिक लेबी संकलन गर्ने र मातहतका जिल्लाको यथासिघ्र भेला गर्ने निर्णयसमेत गरेको जसपाले जनाएको छ।
21
Shares
प्रतिक्रिया