स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरूको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केही कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म विरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरुको काज फिर्ता गराउन सफल भएको बताएका हुन्।
‘आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा तीन वटा कुरा चाहियो। भवन, दक्ष जनशक्ती र उपकरण चाहियो। तीन वटै क्षेत्र लथाmिलंग छ। २०५४ सालदेखि दरबन्दी बढाइएको अवस्था छैन। म २२ वर्ष अगाडी आउँदा ३३ हजार कर्मचारी थिए,’ उनले भने, ‘अहिले घटेर ३१ हजार भएको छ। स्वास्थ्यको क्षेत्रमा एक चौथाई कर्मचारी भएको हुनाले एक जनाले चार जनाको भाग खपाएर काम गर्नुपर्छ। जति मरिमेटेपनि शतप्रतिशत गुणस्तरीय हुने अवस्था छैन। त्यसका लागि दरबन्दीको कुरा आयो। म आएपछि अस्थायी दरबन्दी भटाभट बढाउने काम सुरु भएको छ।’
उनले आफूसँग रिसाएका नेताहरू दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको पनि बताए।
मन्त्री बस्नेतले देशभरी स्वास्थ्यका भवनहरु शिलान्यास भएपनि एउटा पनि उद्घाटन नभएको बताए। स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उनको भनाइ छ।
‘स्थायी दरबन्दी अगाडी बढाउने शिलशिलामा तत्काललाई करारमा भएपनि लिएर प्रक्रिया सुरु गरेर सम्माननीय प्रधानमन्त्री ज्यू र माननिय अर्थ मन्त्रीज्यु लगायत जो जो सँग कुरा गर्नुपर्ने हो मैले गरिसकेँ। दरबन्दी यसैसालबाट थप्ने परिस्थिती बनीसकेको छ। आठ सय भन्दा बढि कर्मचारी काजमा। म भन्दा पनि माथि माथिको पहुँचमा काजमा बसेका। तपाईंहरूलाई आश्चार्यपनि लाग्न सक्ला मेडिकल बोर्डको सिफारीसमा १६ वर्षसम्म विरामी भएको भयै पनि भेटिया,’ उनले भने, ‘औषधि खुवाको खुवाई, चिट्ठी लेख्यालेख्यै। अनि यहीँ बस्ने कहीँ नजाने। १६ वर्षसम्म, कोहि कसैले हटाउन सकेन। म आएको बेलापनि हटाउन सकेको थिएन। मैले आएर ९५ प्रतिशत राफसाफ गर्दिसके। कसैले भन्या कुरा सुनिन, कसैले भनेको कुरा मानिन। सुरुमा धेरै नेताहरु रिसाउनुभयो।’
स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रुपमा रहेको मन्त्रालय रहेको भन्दै यसलाई चीरफार गरेर मात्रै नहुने भन्दै ठूलै अप्रेसन गर्नुपर्ने बताए।
‘अहिले सबै खुसी हुनुभएको छ। किन भने गाउँ गाउँमा दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुग्नुभयो। अहिले हामीलाई चानचुन २९ हजार त नर्सिङ चाहिन्छ। झन्डै तीन हजारको हाराहारीमा डाक्टर सावहरू चाहिन्छ। देशभरी स्वास्थ्यका भवनहरु शिलन्यास भए उद्घाटन एउटापनि भएको छैन। भएको छ कहीँ? छैन। स्वास्थ्यका भवन बनेको ठाउँमा न उपकरण छ न दक्ष जनशक्ति छ। बनेको भवनको पैसा तिर्न सक्ने स्थिती छैन। त्यसमा पनि हार गुहार गरेर केहि तिर्न तयार भएका छौँ। केहिलाई प्रक्रियामा राखेका छौँ,’ उनले भने।
Shares
प्रतिक्रिया