ad ad

राजनीति


शेखर कोइराला भन्छन् : देशको अवस्था कुनै कोणबाट पनि ठीक देखिँदैन

कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको दाबी
शेखर कोइराला भन्छन् : देशको अवस्था कुनै कोणबाट पनि ठीक देखिँदैन

फाइल तस्बिर


रासस
भदौ १५, २०८० शुक्रबार १५:४९, तनहुँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्। 

शुक्रबार दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए।

‘सबै रुपमा भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब  कांग्रेस एकढिक्का हुनुपर्छ’, उनले अगाडि भने।

गत वैशाख १० गते भएको तनहुँ १ को उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको उनले बताए। 

तनहुँ कांग्रेसको गढ भएकाले चिन्ता लिनुपर्ने अवस्था नदेखिए पनि नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिए।

‘देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब कूटनीतिक क्षेत्रमासमेत कतै ठीक देखिँदैन’, उनले भने, ‘यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तबसम्म कठिन हुन्छ।’ 

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रिने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्। 

तनहुँमा कांग्रेस बलियो भए छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा. कोइरालाले सुझाव दिए।

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए। ‘कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता हो’, उनले त्यसक्रममा भने।

जिल्लासँगै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उल्लेख गर्दै सदस्य भण्डारी कांग्रेस संवेदनशील भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .