ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचन आज

राष्ट्रिय सभा निर्वाचन आज

नेपालखबर
माघ ९, २०७६ बिहिबार १:१,

राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज (बिहीबार) मतदान हुँदैछ। सातै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुनेछ।

संविधानअनुसार राष्ट्रिय सभाका कुल सदस्यमध्ये एकतिहाइ सांसदको पदावधि दुई वर्षको मात्रै हुन्छ।

सोही व्यवस्थाबमोजिम रिक्त हुन लागको १८ सिटका लागि निर्वाचन हुन लागेको हो। नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एकजना सदस्यको कार्यकाल २० फागुनमा सकिँदैछ।

पदावधि सकिनुभन्दा ३५ दिन अघि नै नयाँ सदस्यका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ।
रिक्त १९ मध्ये एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक प्रावधान छ।

प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमती प्रदेशका ललितपुर, गण्डकीको कास्की, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

निर्वाचनको सम्पूर्ण तयारी पूरा पूरा भइसकेको आयोगले जनाएको छ।

निर्वाचनमा प्रदेश सभा सदस्य पाँच सय ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार पाँच सय ६ जना मतदाता रहनेछन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ।

आयोगका अनुसार मतदान लगत्तै राजनीतिक दलहरुको सहमतिमा मत गणना सुरु हुनेछ।

कुनै बाधा नभए गणना प्रारम्भ भएको डेढदुई घन्टामै परिणाम आइसकने आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .