ad ad

छापा खबर


हुम्लाको उनापानीमा ज्वरोको प्रकोप : घरघरमा बिरामी, तर छैन औषधि

हुम्लाको उनापानीमा ज्वरोको प्रकोप : घरघरमा बिरामी, तर छैन औषधि

नेपालखबर
माघ ९, २०७६ बिहिबार १:७,

हिमपातले ल्याएको चिसोसँगै हुम्लाको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँमा १५ पुसदेखि फैलिएको मौसमी रुघाखोकी र ज्वरो अझै रोकिएको छैन।

६० घरपरिवार रहेको गाउँका प्रत्येक घरमा बिरामी छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनापानी स्वास्थ्य इकाइमा औषधि नहुँदा फ्लु नियन्त्रणबाहिर गएको अनमि नन्दा फडेराले बताइन् । कतिपयमा दमको समस्यासमेत देखिएको छ ।

‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो, तर गाउँमा बिरामी बढेका बढ्यै छन्,’ उनले भनिन्, ‘दैनिक ३०–४० बिरामी हामीकहाँ आउँछन्, तर त्यसै फर्काउनुपरेको छ ।’ स्थानीय शिला कार्कीका अनुसार गाउँमा वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .