ad ad

समाज


कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

नेपालखबर
माघ ९, २०७६ बिहिबार १:३२,

तराई भूभागमा हुस्सुकुहिरो बाहेक हाल देशको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट दुई दिनअघि नै बाहिरिएसँगै मौसममा सुधार आएको हो।

शाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज तराई क्षेत्रमा हुस्सुकुहिरो बाहेक कतै पानी पर्ने सम्भावना छैन।

‘हाल देशको तराई भूभागमा हुस्सुकुहिरो लागेको छ। बाँकी स्थानमा मौसम सफा छ,’ शाक्यले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘तराई क्षेत्रमा लागेको हुस्सुकुहिरो पनि दिउँसो क्रमश हटेर जानेछ।’

आज काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रका अधिकांश स्थानमा घाम लाग्ने शाक्यले जानकारी दिइन्।

आज बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १ दशमल ९ डिग्री सेल्सियस मापन गरिएको छ।

आज दिउँसो काठमाडौँको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .