ad ad

राजनीति


सरकारमा नजान राजपा नेतृत्वलाई नेताहरूको खबरदारी

सरकारमा नजान राजपा नेतृत्वलाई नेताहरूको खबरदारी

नेपालखबर
माघ ८, २०७६ बुधबार ५:५६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा तत्काल सहभागी नहुन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका चार उपाध्यक्षसहित सात नेताले आफ्नो नेतृत्वलाई खबरदारी गरेका छन्।

केही दिनयता राजपा केपी ओली नेतृत्वको सरकारमा जाने चर्चा चलिरहेका बेला उक्त पार्टीका वरिष्ठ उपाध्यक्षद्वय सर्वेन्द्रनाथ शुक्ल र वृशेषलाल चन्द्रलगायत सात नेताले पत्र लेख्दै आफ्नो नेतृत्वलाई तत्काल सरकारमा प्रवेश नगर्न चेतावनी दिएका हुन्।

‘राजपाका नेतालाई सरकारमा लाने गरी प्रधानमन्त्रीसँग छलफल भएको सूचना पाएपछि हामीले अहिल्यै सरकारमा नजान नेतृत्वलाई पत्रमार्फत सचेत गराएका छौं,’ राष्ट्रिय सभाका सदस्यसमेत रहेका राजपाका वरिष्ठ उपाध्यक्ष वृशेषलाल चन्द्रले नेपालखबरसँग भने, ‘सरकारमा जानु हाम्रो प्राथमिकता होइन,संविधान संशोधन, झुटा मुद्दा खारेजलगायत पहिले हाम्रा माग सम्बोधन हुने ग्यारेन्टी हुनुपर्छ।’

यही कुरा उल्लेख गरी आफूहरूले पार्टीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवसमक्ष पत्र बुझाएको उनले बताए।

मंगलबार बुझाइएको पत्रमा राजपाका उपाध्यक्षद्वय गोविन्द चौधरी, रमेशप्रसाद यादव, महासचिव विजयकुमार सिंहलगायतको हस्ताक्षर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .